बैंकहरुले सार्वजनिक गरे वित्तिय विवरणः वाणिज्य बैंक नम्बर १, कसले कति कमाए?

काठमाडौं, नेपालका बिभिन्न बैंकहरुले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तिय संस्थाहरुले गत वर्ष भन्दा २५ प्रतिशत बढी नाफा कमाएको देखाएका छन् । आर्थिक वर्ष २०७५, २०७६ मा बैंकहरुले ६५ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ

सार्वजनिक विवरण अनुसार, राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोश्रोमा कृषि बिकास बै.क छ । कृषि बिकास बैंकले चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
निजी क्षेत्रबाट सबैभन्दा धेरै मुनाफा नविल बैंक लिमिटेडले कमाएको छ । नविलले एक वर्षमा ४ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।

ग्लोबल आईएमई बैंकले एक वर्षमा २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ

हिमालयन बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५१ प्रतिशतले बढाएर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुर्याएको छ

स्टान्डर्ड चाटर्ड बैंकले एक वर्षको अवधिमा दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ

सेञ्चुरी कमर्सियल बैंकले जम्मा ८६ करोड आठ लाख रुपैयाँ मात्रै कमाएको छ

नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ

नेपाल बैंकको मुनाफा करिब १९ प्रतिशतको छ ।

अरुले कति कमाए रु

प्राइम कमर्सियल बैंक– दुई अर्ब ३६ करोड रुपैयाँ

एनएमबि बैंक– दुई अर्ब ३१ करोड रुपैयाँ

सिद्धार्थ बैंक– दुई अर्ब ३० करोड रुपैयाँ

नेपाल एसबीआई बैंक– दुई अर्ब ३० करोड रुपैयाँ

सानिमा बैंक– दुई अर्ब २४ करोड रुपैयाँ

प्रभु बैंक– दुई अर्ब पाँच करोड रुपैयाँ

बैंक अप– काठमाण्डू– एक अर्ब ९३ करोड रुपैयाँ

मेगा बैंक– एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ

माछापुच्छ्रे बैंक– एक अर्ब ७० करोड रुपैयाँ

सनराइज बैंक– एक अर्ब ७० करोड रुपैयाँ

नेपाल बंगलादेश बैंक– एक अर्ब ६१ करोड रुपैयाँ

लक्ष्मी बैंक– एक अर्ब ५७ करोड रुपैयाँ

एनसीसी बैंक– एक अर्ब ५२ करोड रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेसनल– एक अर्ब ४८ करोड रुपैयाँ

जनता बैंक– एक अर्ब ३४ करोड रुपैयाँ

कुमारी बैंक– एक अर्ब ३३ करोड रुपैयाँ

सिभिल बैंक– ८० करोड रुपैयाँ

कमेन्ट गर्नुहोस्