काठमाडौंमा दिउँसै चोरी, राख्न थालियो घरघरमा सुरक्षा गार्ड

काठमाडौंः  लामो बिदामा कतै घुम्ने योजना बनाइरहँदा घरको सुरक्षा चिन्ता अक्सर बाधक बन्ने गर्छ।

खासगरी यही बेला काठमाडौं उपत्यकामा हुने चोरीका घटनाले घरधनीलाई यसबारे सोच्न बाध्य तुल्याउँछ। र, यस्तो चिन्ता पुख्र्यौली घर अन्तै भई काठमाडौंमा बसिरहेकाहरूलाई बढी पर्छ।

पहिले राति मात्र चोरीका घटना भएको सुनिन्थ्यो, हिजोआज दिउँसै चोरी भएको सुनिन थालेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २ हजार ६४६ वटा चोरीका घटना दर्ता भएका छन्। जबकि अघिल्लो वर्ष यो संख्या १ हजार ६२८ मा सीमित थियो। आज आज भदौ १ गतेकाे हिमाल साप्ताहिकले छापेकाे छ।

याे पनि पढ्नुस  विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं

चोरीका घटना पनि सबैभन्दा बढी काठमाडौंमै हुने गरेका छन्। गएको आवमा भएका चोरीका घटनामध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकामै भएका थिए।

व्यावसायिक प्रतिष्ठानमा सेवा प्रदान गरिरहेका सेक्युरिटी कम्पनीहरूले पछिल्लो समय निजी घरमा पनि सुरक्षा प्रदान गर्न थालेका छन्। पछिल्लो समय व्यावसायिका प्रतिष्ठान, कार्यालयहरू बाहेक घरमा पनि सुरक्षा गार्डको माग बढेको छ।

याे पनि पढ्नुस  काठमाडौंमा भेटियो सेतो काग, चराविद् परे छक्क

जसका लागि कम्पनीहरूले प्रतिघण्टा ९० देखि १०० सय रुपैयाँसम्म लिने गरेका छन्।

कमेन्ट गर्नुहोस्