शक्ति युवा क्लबद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

धनगढी । धनगढी उप–महानगरपालिका २ मा रहेको शक्ति युवा क्लवको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम गरियो ।

धनगढीमा रगतको आपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले क्लवले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

धनगढीका यूवा क्लब, समाजिक संघसंस्थाहरुले दान गरेको रगतका कारण धनगढी उप–महानगरपालिकाले निःशुल्क बिरामीलाई रगत दिन सकेको छ नगरप्रमुख वडले भने, ‘उहाँहरुप्रति आत्मैदेखि आभारी छौं ।

गरीब र अप्ठ्यारोमा परेका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको धनगढी उप–महानगरपालीकाले गत आर्थिक वर्षबाट आवश्यकतानुसार नगरका सबै बिरामीलाई रगत उपलब्ध गराईरहेको नगरप्रमुख वडले बताए । धनगढी नगरका कुनैपनि बिरामीले उपचारका लागि आवश्यक पर्ने रगतका लागि तड्पिनुपरेको छैन नगरप्रमुख वडले भने, ‘रगत नपाएकै कारण कसैको ज्यान नजाओस भन्ने हाम्रो सोच हो ।

नेपाली कांग्रेसका युवा नेता धर्मराज ओझाले शक्ति युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रगत दान गरेको बताए । उनले रक्तदानमा सहभागि हुने सबैलाई धन्यवाद दिए ।

कमेन्ट गर्नुहोस्