प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका बताइएको छ । प्रधानमन्त्री ओलीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका रहेको छ ।

तर विगत दुई÷तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभएर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्