Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्यूजिल्याण्डविरुद्ध कप्तान करुणारत्नेको शतक, श्रीलंका जित नजिक

काठमाडौंः  न्यूजिल्याण्ड विरुद्धको टेस्ट सिरिजको पहिलो खेलको दोस्रो इनिङमा श्रीलंकाका कप्तान दिमुथ करुणारत्नले शतक बनाएका छन् ।

उनले ५ चौका र एक छक्काको मद्दतमा २१६ बलमा शतक बनाएका हुन् । टेस्ट क्रिकेटमा करुणारत्नेको यो नवौं शतक हो ।

१६८ रनको लक्ष्य पाएको श्रीलंका जीत नजिक पुगेको छ । अब उसलाई सिरिजको पहिलो खेल जित्न ७८ रनको आवश्यकता छ । ताजा अवस्थामा श्रीलंकाले २ विकेट गुमाएर १९० रन बनाएको छ ।

न्यूजिल्याण्डले दोस्रो इनिङमा २८५ रन बनाएपछि श्रीलंकाले २६८ रनको लक्ष्य पाएको हो । पहिलो इनिङमा २४९ रनमा अल आउट भएको न्यूजिल्याण्डले दोस्रो सेसनमा २८५ रन मात्र बनाउन सक्यो ।

उसका लागि बीजे वाट्लिङले सर्बाधिक ७७, टम लाथमले ४५, विलियम सिमोरबिल्लीले नटआउट ४०,ट्रेन्ट बोल्ट, हेनरी नीकोलशले २६–२६, टिम साउथीले २३ र मिचेल सान्टनरले १२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा श्रीलंकाका लसिथ इम्बुलदेनियाले ४, धनन्जय डी सिल्भाले ३, लाहिरु कुमाराल २ र अकिला धनन्जयले एक विकेट लिए । पहिलो इनिङमा श्रीलंकाले २६७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: