अभिप्रेरणाः जन्मदिनको पैसा यो वर्ष बिरुवा नेपाललाई

अष्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाति सुशील चालिसे र उनकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्वय ५ वर्षीया शायना चालिसे र २ वर्षीया समिका चालिसेको जन्मदिनको अवसरमा अष्ट्रेलियन डलर ५०० “A Home For Orphans and Abandoned Children” नारा रहेको सामाजिक संस्था बिरुवा नेपाललाई हस्तान्तरण गरेका छन् ।

बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठनपाठन लगायत लवाइखुवाई र बसोबासको सुविधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिँदै कुनै नाफाका लागि नभई विशुद्ध सामाजिक कार्यका लागि क्रियाशील संस्थालाई यसरी माया गरेर सहयोग गरेकोमा बिरुवा नेपालका संस्थापक गौतम लामिछाने र उनकी धर्मपत्नी पद्म पाण्डेले सुशील चालिसे र उनकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेप्रति आभार व्यक्त गरे ।

चालिसे दम्पत्तीले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध भएको पवित्रा समाज नेपालमार्फत सहयोग पुर्याएकोमा दुई वर्षअघि भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाएका थिएन ।

गतवर्ष दुवै छोरीको जन्मदिन मनाउने क्रममा ५०० डलर लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएकोमा श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प व्यवस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाति माझी समुदायकी एउटी बुहारीको रुपमा ‘स्वेता–श्री फाउण्डेशन’को पहिलो उद्देश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्देश्यअनुरुप सो समुदायका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का सो बेलामा अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताएअनुरुप नै उनी अमेरिकाबाट फर्के लगत्तै रु ५०,००० हस्तान्तरण गरिएको थियो।

यसरी चालिसे दम्पत्तिले आफ्ना छोरीद्वयको जन्मदिनका अवसरमा प्रत्येक वर्ष सामाजिक कार्यमा निश्चित रकम हस्तान्तरण गर्ने प्रचलन नै बसालेका छन्, जुन अनुकरणीय र प्रेरणादायी छ । शायना र समिका चालिसे दुवैलाई जन्मदिनको हार्दिक शुभकामना…।

कमेन्ट गर्नुहोस्