लगातार बढिरहेको सुनको भाऊ घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रबार सुन प्रतितोला मूल्य ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदीको मूल्य ८ सय ४० रुपैयाँ कारोबार भएको थियो भने आज घटेर चाँदीको मूल्य ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्