कविताः ‘चङ्गा’

रचनाकारः सिपी नेपाल

शरद ऋतुको आगमन
सँगै
ताजगी वातावरणमा
धर्तीलाई उपक्षा गर्दै
रवाफका साथ खुल्ला
गगनलाई आँगन मानी
नृत्य गर्न जाँदैछ
हेर सानो कागजको टुक्रा ।
आफैंमा त्यो श्रीहीन छ
तर, पनि
पवनको गतिमा झुल्न
आफ्नो पृष्ठभूमि भुलेर
आसमानको सामु नृत्य
गर्न तयार छ
त्यो ।
धर्फफराउँदै केही क्षण

त्यसले यौवनरुपी नृत्य
देखाउँछ, तर अचानक
मन्दगतिको हावा
तेज रुपी भइदिन्छ

धागोको सहारामा दुरी कागम
गर्ने लट्टाईको
रिक्ततासँगै
जीवनको समाप्तिमा पुग्दछ।
क्षणिक फर्फफराईमा
रवाफ देखाउने
अनि त्यही फुर्तिमा
आफ्नो जीवन देख्ने
आखिर त्यो चङ्गा
नै त हो
जो
पराधिनताको शिखरमा
गई स्वाधीनताको
नृत्य खुला आकाश
मुनी देख आउँछ।

कमेन्ट गर्नुहोस्