चलचित्र ‘गुलाबो सिताबो’मा अमिताभको यस्तो छ लुक्स

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन हाल चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् ।

निर्माण पक्षले चलचित्रमा बच्चनको लुक्स सार्वजनिक गरेको छ । तस्वीरमा बच्चनलाई बिल्कुल फरक रुपमा देख्न सकिन्छ । उनको यो लुक्सलाई बलिउडका अग्रज कलाकारले प्रशंसा गरेका छन् ।

सुजित सरकारले निर्देशन चलचित्रको फोटोमा लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभको रुप भिन्न छ । उनले एक अन्तर्वार्तामा भनेका थिए– ‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुति लिएर आउने छु ।’ यो हुलियाले चलचित्र हेर्न अमिताभ बच्चनका फ्यानहरु आतुर छन् ।

कमेन्ट गर्नुहोस्