Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्को निर्वाचन गरेर मात्रै पद छोड्छु- प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छोडने बताएका छन् ।

सरकार परिवर्तन हुने कुरा हल्ला मात्र बताउँदै प्रधानमन्त्रीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन समेत चेतावनी दिए ।

“पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ भन्ने मैले सुनेँ । प्रधानमन्त्रीले भने, “मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।”

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरा भने अस्वीकार्य भएको बताए ।

“कसैले चिहानमा गएर हड्डी फुक्दैमा गएको व्यवस्था फर्किँदैन उनले भने, “सबैको पद जान्छ । मेरो पनि पद जान्छ । तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ ।”

प्रधानमन्त्री ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन् । सरकारले विकास ध्यान दिए पनि सरकारले केही गरेन भन्नेहरुलाई उनले व्यंग्य पनि गरेका थिए ।

ुकेही भएन भन्दा पनि आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ । अर्को वर्ष झनै बढ्छ । यो वर्ष ७०० किलोमिटर पीच भयो भन्दा पनि केही भएन भन्नेहरुका लागि अर्को वर्ष १५०० किलोमिटर बनाउँला,ु उनले भने ।

यस्तै मेलम्चीका बारेमा पनि उनले व्यंग्यात्मक रुपमा आफ्नो भनाइ राख्दै एउटा ठेगदार भाग्दै सरकार नै भागे जसरी कराउन नहुने बताएका थिए । ुएउटा ठेगदार भागेको हो । सरकार भागेको होइन । मेलम्चीको पानी कसरी छिटो लिएर आउने भनेर सरकारले काम गरिरहेको उनले बताए ।

सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए । ‘सरकारको उदारतालाई हेरेर केही तत्व बढ्ता हौसिएको छ । संविधानसम्मत चल्ने यो सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने मान्य हुँदैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: