प्रदर्शनको नाममा अराजक तत्व घुसे, चितवनमा सुरक्षा व्यवस्था कडा, प्रहरीको बाक्लो उपस्थिति

चितवन, अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै चलिरहेको आन्दोलनलाई केही अराजक तत्वहरुले उत्तेजित बनाउन सक्ने भन्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार र शनिबारको आन्दोलनमा प्रहरीमाथि आक्रमण गरेर घटनालाई उत्तेजित बनाउन खोजेको र फेरी अप्रिय घटना घटाउन सक्ने सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

“हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।” चितवनका एसपी दान बहादु मल्ले भने, “ २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा छन् । आवश्यकता अनुसार बाँकी समेत तयारी अवस्थामा राखेका छौं ।

प्रहरीले प्रदर्शनका नाममा गलत तत्वले चलखेल गरेको बताउँदै होटल सर्च गर्नेदेखि शंका लागेका व्यक्तिलाई सोधपुछ गर्ने समेत बताएको छ ।

याे पनि पढ्नुस  भरतपुर विमानस्थलमा आइपुगे आधुनिक ७ वटा बारुणयन्त्र

शान्तिपूर्णरुपमा प्रदर्शन गर्ने अधिकार सबैको भएपनि आन्दोलनलाई उत्तेजित बनाउने र बल प्रयोग गर्न बाध्य पार्ने गतिविधि भने स्वीकार नहुने मल्लले बताए । दुई दिनको प्रदर्शनमा प्रहरी संयमित भएको उनले दाबी गरे ।

पत्रकार शालिकराम पुडासैनीले चितवनको एउटा होटलमा आत्महत्या गरेपछि सो को अनुसन्धानका क्रममा रवि लामिछानेलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । रवि लामिछानेका समर्थकहरुले भोलीपल्ट देखि नै चितवनमा प्रदर्शन शुरु गरेका हुन ।

याे पनि पढ्नुस  रवि र अंगुर जिसीलाई कारवाहीको माग गर्दै अदालतमा निवेदन

कमेन्ट गर्नुहोस्