ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी

बंगलादेश । बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । चालन्तको सुकुम्बासी बस्तीमा शुक्रबार राती भएको आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएको बताइएको छ ।

आगलागीमा परेर थुप्रै मानिस घाइते भएका छन् । मृत्यु भने कसैको पनि नभएको बंगलादेशको प्रहरीले जनाएको छ । आगलागीवाट बस्तीका झण्डै १५ हजार घर टहरा नष्ट भएका छन् । धेरै घरमा प्लास्टिकको छाना रहेकाले आगो चाँडो फैलिएको थियो । बस्तीमा लागेको आगो नियन्त्रणमा लिन छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी भएको बस्तीमा न्यून आय भएका मजदुरहरु बस्दै आएका थिए । आगलागीको कारण खुलेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । गत फेब्रुअरीमा ढाकामै भएको आगलागीमा असी जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्