Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेस्ट सिरिजः कप्तानको शतकमा न्यूजिल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित

काठमाडौंः  न्यूजिल्याण्ड विरुद्धको टेस्ट सिरिजको पहिलो खेल श्रीलंकाले ६ विकेटले जितेको छ । न्यूजिल्याण्डले दिएको २६८ रनको लक्ष्य श्रीलंकाले ४ विकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि कप्तान दिमुथ करुणारत्नेले ६ चौका र १ छक्काको मद्दतमा २४३ बलमा १२२ रन बनाए । टेस्ट क्रिकेटमा करुणारत्नको यो नवौ शतक हो ।

यस्तै लिहिरु थिरिमनले ६४, कुसल परेराले २३, कुसल मेन्डिसले १०, एन्जेलो म्याथ्यूजले नटआउट २८ र धनन्जय डि सिल्भाले १४ रनको योगदान दिए ।

बलिङमा ट्रेन्ट बोल्ट, टिम साउथी, अजिज पटेल र विलियम सोमरबील्लीले एक–एक विकेट लिए ।

न्यूजिल्याण्डले दोस्रो इनिङमा २८५ रन बनाएपछि श्रीलंकाले २६८ रनको लक्ष्य पाएको हो । पहिलो इनिङमा २४९ रनमा अल आउट भएको न्यूजिल्याण्डले दोस्रो सेसनमा २८५ रन मात्र बनाउन सक्यो ।

उसका लागि बीजे वाट्लिङले सर्बाधिक ७७, टम लाथमले ४५, विलियम सिमोरबिल्लीले नटआउट ४०,ट्रेन्ट बोल्ट, हेनरी नीकोलशले २६–२६, टिम साउथीले २३ र मिचेल सान्टनरले १२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा श्रीलंकाका लसिथ इम्बुलदेनियाले ४, धनन्जय डी सिल्भाले ३, लाहिरु कुमाराल २ र अकिला धनन्जयले एक विकेट लिए । पहिलो इनिङमा श्रीलंकाले २६७ रन बनाएको थियो ।

यो जीतसँगै श्रीलंका २ खेलमा सिरिजमा १–० ले अग्रता बनाउन सफल भएको छ । श्रीलंका र न्यूजिल्याण्ड विरुद्धको दोस्रो टेस्ट खेल २२ अगस्टदेखि सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: