पाइपलाइनबाट इन्धन ल्याउने अन्तिम तयारी

काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय देशकै सबैभन्दा ठूलो इन्धन भण्डारण डिपो  ।

देशभर ५२ हजार किलोलिटर इन्धन भर्ने क्षमतामध्ये यहाँ सबैभन्दा बढी २३,२५० किलोलिटर इन्धन अटाउने ट्यांकी छन् । भारतबाट पाइपलाइनमार्फत ल्याइने इन्धनको पनि यही गन्तव्य बिन्दु हो ।

त्यसका लागि अन्तिम तयारी भइसकेको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार यहाँ पेट्रोल १ हजार ९ सय २३ किलोलिटर, डिजेल १९ हजार ८ सय किलोलिटर र मट्टीतेल १ हजार ५ सय किलोलिटर भण्डारण गर्न सकिन्छ । हालै यहाँका साना डिपोलाई परिवर्तन गरेर ठूलो ट्यांकी बनाइएको छ । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्