होटलमा आगलागी हुँदा ९ को मृत्यु

काठमाडौं । होटलमा भएको आगलागीमा परी युक्रेनको बन्दरगाह शहर ओडेसामा शनिबार ९ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार दिउँसो साढे १ बजे दक्षिणी शहरमा रहेको टोकियो स्टार होटलमा आगलागी भएको थियो ।

प्रहरीले प्रारम्भिक विवरणअनुसार घटनस्थलमा कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको थियो । तर, पछि मृत्यु हुनेको सङ्ख्या बढेर नौ पुगेको प्रहरी अधिकारीहरुको भनाइ छ । घटनामा परी अरु १० भन्दा बढी घाइते भएका छन्।

घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । आगलागी भएको झण्डै तीन घण्टापछि आगो निभाएर सकिएको थियो । आगो निभाउनका लागि ६५ जना अग्निनियन्त्रक र १३ आपतकालीन सवारीसाधन खटिएका थिए।

प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको र दोषीलाई कारवाही हुने जनाएको छ । उनीहरुले आगलागीको कारण र होटलमा अग्नी सुरक्षाका लागि के–कस्ता व्यवस्था गरिएको थियो कि थिएन भन्नेलगायतका विषयमा छानबिन गर्ने भएका छन् । रासस

कमेन्ट गर्नुहोस्