नेकपा सचिवालयमा पूर्व एमालेबाट भीम रावलसहित ३ जना थपिँदै

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बिस्तार गरिने भएको छ । नेकपाले पूर्व एमालेबाट अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा थप्ने तयारी गरेको हो ।

माओवादी केन्द्रबाट कोको थप हुने भन्ने खुलेको छैन ।

आइतबार बस्ने सचिवालय बैठकले उनीहरुलाई थप्ने निर्णय गर्ने स्रोतले जनाएको छ । सचिवालय बैठक दिउँसो ४ बजे बस्दैछ ।

वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरिएपछि शाक्य र राल र ज्ञवालीलाई सचिवालय सदस्य बनाउन लागिएको हो । एमाले र माओवादी केन्द्र एकताअघि गौतमसहित तिनै जना उपाध्यक्ष थिए ।

तीन नेता थपिएपछि नेकपा सचिवालय १२ सदस्य हुनेछ । सचिवालय अहिले ९ सदस्य छ । नेकपा सचिवालयमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महाचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा छन् ।

कमेन्ट गर्नुहोस्