Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लागूऔषधसहित दुई पक्राउ

लहान । प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले गएराति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

घरेलु मदिरा नष्ट

सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो ।

नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: