Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नै कोठामा मृत भेटिए प्रहरी जवान, प्रेमिका पक्राउ

काठमाडौंः  काठमाडौंको स्वयम्भूमा कार्यरत एक प्रहरी जवान कोठामा मृत फेला परेका छन् । हानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार दार्चुला घर भएका २० वर्षीय प्रहरी जवान शंकर ठगुन्ना मृत भेटिएका हुन् ।

नागार्जुन नगरपालिका–३ स्वयम्भूमा १५ महिनादेखि ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका ठगुन्ना शनिबार राति कोठामा मृत भेटिएका हुन् ।

सुवेदीका अनुसार गएराति १ः३० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा डोरी काटेर शव भुइमा भेटिएको थियो ।

प्रहरीका अनुसार सामान्य विवादपछि ठगुन्नाको मुक्का प्रहारबाट आफू लडेको र लडेको एकछिन उठेर हेर्दा झुण्डिएको देखेको महिलाले प्रहरीसँग बयान दिइएकी छन् ।

प्रहरीले महिलालाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको छ । मृत ठगुन्नाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पतालमा राखिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: