बलिउड अभिनेत्री महिमा चौधरी भन्छिन्, ‘म गोर्खाली हुँ, मलाई तितौरा मनपर्छ’

एजेन्सीः  बलिउडकी अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन् ।

नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्तर्वार्तामा परदेश फिल्मकी अभिनेत्री महिमाले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खाली हुँ,’ महिमाले अन्तर्वार्तामा भनेकी छन् । उनले काठमाडौँमा राम्रा फरेन गुड्स पाइने भएकाले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा किनेर ल्याएको सम्झिन् । त्यहाँको तितौरा र गुदपाक मलाई मनपर्छ,’ उनले भनिन् ।

याे पनि पढ्नुस  कुनै बेला साथीसँग मागेर खान्थे यी अभिनेता, आज बलिउडमा छन् चर्चित

उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपालमा निम्ता गर्नुस् !’ उनले उक्त सञ्चारमाध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिएकी छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्