रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेसहित ३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत आइतबार किटानी दिएकी हुन् ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी एसपी मल्लले जानकारी दिए । जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए।

पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

याे पनि पढ्नुस  रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

कमेन्ट गर्नुहोस्