प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदाै ४ या ५ पाँच गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले अनलाइनबरलाई बताए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

याे पनि पढ्नुस  प्रचण्ड–नेपाल समूहलाई वामदेव प्रधानमन्त्री स्वीकार्य तर पहिलो शर्त ओलीको राजीनामा

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गरे । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् । अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्