पूर्वलडाकुलाई सैनिक अदालतले जेल हाल्नु संविधान विपरीत होः नेकपा नेता गुरुङ

काठमाडौंः  तत्कालीन शाही नेपाली सेना छोडेर माओवादी जनसेनामा प्रवेश गरेका धमाधम पक्राउ पर्न थालेपछि सांसदले आपत्ति जनाएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक देव गुरुङले जनयुद्धका समयमा थुप्रै नेपाली सेनाका जवानहरु जनमुक्ति सेनामा प्रवेश गरेको बताउँदै शान्ति सम्झौताविपरित उनीहरुलाई नेपाली सेनाले जेल हाल्न थालेकोमा गम्भीर आपत्ति भएको जनाए ।

याे पनि पढ्नुस  पूर्वलडाकू यमबहादुर सेनाको सहायक रथी बन्ने निश्चित

‘शाहीनेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा गएकालाई सेनाले धमाधम सैनिक ऐन २०६३ को दफा ४२ अनुसार कसुर गरेको ठहरसहित जेल सजाय तोकिरहेको छ’, उनले भने,‘गोरखाका शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष कैद सुनाएको छ।

यो संविधान र शान्ति सम्झौता विरोधी काम हो।’ सांसद गुरुङले यसअघि भोजपुरबाट विद्रोह गरी जनमुक्ति सेनामा प्रवेश गरेका भगतलाल चौधरीलाई पनि सेनाले बन्दी बनाएको भन्दै कडा आपत्ति जनाए। ‘सैनिक अदालतको यो कदम संविधानविरोधी हुन्छ।

याे पनि पढ्नुस  ‘एनसेल प्रकरणमा सर्वोच्चको आदेश बेठिक, अर्बौको घोटाला भयो’

२०७२ को सविधानले अन्तरिम संविधान विस्थापत भएको छ। अघिल्लो संविधानले गरेका काम पछिल्लो संविधानले स्वीकार्नुपर्छ। संविधानमा बाझिएको हकमा सैनिक ऐन पनि निष्कृय हुन्छ।’ सैनिक ऐन २०६३ को दफा ४२ संविधानको धारा ३०४ को उपदफा २ सँग बाझिएको बताउँदै उनले तत्काल सैनिक ऐन संशोधन गर्न पनि माग गरे।

याे पनि पढ्नुस  पूर्वलडाकू यमबहादुर सेनाको सहायक रथी बन्ने निश्चित

कमेन्ट गर्नुहोस्