भदौ १० देखि नाडा अटो शो

काठमाडौं । सवारीसाधन तथा यससँग सम्बन्धित व्यवसायीहरुको मेला ‘नाडा अटो शो’ भदौ १० देखि १५ गतेसम्म हुने भएको छ । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले मेला आयोजना गर्न लागेको हो ।

नाडाले आइतबार पत्रकार सम्मेलन गरेर यस वर्षको मेलाबारे जानकारी दिएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने मेलामा करिब डेढ सय स्टल रहने छन् । मेला करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्