Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मार्क्सवाद र एशियाली दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय बहस नेपालमा

धनन्जय बुढा

काठमाडौं । यही भदौ २ र ३ गते नेपालमा हुने ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीद्वारा गरिने बताइएको छ । उक्त सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोप लगायतका १२ ओटा राष्ट्रहरू सहभागी हुने आयोजकले बताएको छ ।

उद्घाटनको अघिल्लो दिन आइतबार राजधानीस्थित संवाद डबलीमा ‘मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति’ले पत्रकार सम्मेलन गरी सो जनाकारी दिएको हो ।

यससम्बन्धि विभिन्न आयोजक संस्थाहरूको पहलमा नेपालमा पहिलो पटक एशियाली दर्शनको महत्व र खोजी कार्य भैरहेको परिपे्रक्षमा सो दर्शन र माक्र्सवादी दर्शनको तादात्म्यताका विषयमा वृहत सम्मेलन हुने र त्यसले राम्रो सम्भावनाको ढोका खोल्ने मार्क्सीय गुरुकुल प्रमुख सोनाम साथीले बताए ।

त्यसैगरी सो सम्मेलन समितिका संयोजक प्रा.डा. काशीनाथ न्यौपानेले एसियाली-पूर्वीय दर्शन तथा विभिन्न देश विशेषमा विकसित तथा स्थापित पहिचानलाई आमरुपले प्रयोगमा ल्याउन नसक्दा मानव समाज पछाडि परेको धारणा राखे । न्यौपानेले सबै किसिमका दर्शनको सकारात्मक पक्षलाई एकठाउँमा ल्याएर आगामी पीडिँको उच्चतम विकासको निम्ति लागाउन सकिने पनि बताए ।

त्यसैगरी, नेपाल खुल्ला विश्वविद्यालयका प्रा.डा. खगेन्द्र प्रसाईले मानिसहरूले मार्क्सवादी या पूर्वीय कुनै पनि दर्शनको विषयमा गहन अध्ययन नगरी हचुवाका भरमा गम्भीर धारणा बनाउने समस्या व्याप्ता रहेको बताए । त्यस्तो किसिमको समाजलाई अध्ययनशील बनाउन र एक अब्बल संश्लेषित विचार विकासमा आफूहरूले थालनी गर्न खोजेको बताए ।

डा. प्रेमराज न्यौपानेले पूर्वीय तथा मार्क्सवादी दर्शनको तादाम्यतालाई गहन खोजगरी निचोड निकाल्ने यो सम्मलेन एक महत्वपूर्ण मध्यम हुने आशा व्यक्त गरे ।

उद्घाटन सत्र सम्पन्न हुने बित्तिक्कै समानन्तररुपमा गोष्ठिहरू शुरु हुने र सो सम्मेलन नेपालका लागि पहिलो भएको र यसले पूर्वीय दर्शन र मार्क्सीय दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्नेछ ।

पूर्वीय दर्शन पाँच हजारवर्ष पुरानो दर्शन भएको र यो दर्शनले अनेकौं ढोकाहरू खोलेको पनि आयोजकको दाबी छ । यसको विषेश अध्ययन र विश्लेषण हुनुपर्ने आजको आवाश्यकता भएको र अझ मार्क्सवादको एैतिहासिक भौतिकवाद र द्वन्दात्मक भौतिकवादसित यसको ठूलो सम्बन्ध रहेको जनाकारी दिए ।

नेपाल संस्कृतिक विश्वविद्यालय, मार्क्सीय गुरुकुल, नेपाल खुल्ला विश्वविद्यालय र एशियन नेचुरल फिलोसोफी तथा विभिन्न देशहरूबाट प्रतिनिधी विज्ञहरूले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
दुई दर्जनभन्दा बढी विषयमा विद्वानहरूबाट कार्यपत्र प्रस्तुत गरिने यस सम्म्लेलनको उद्घाटन प्रधानमन्त्रीले नेपाल प्रज्ञाप्रतिष्ठानमा गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: