लास हाँसिदे (कविता)

म त्यो सन्नाटा बस्तिमा जादैछु
जहाँ मेरो भेट ती मुर्कुट्टासग हुनेछ
सबै ती मृत्युबाट हारेका जीवन हुनेछन्
म मरेकै हुनेछु मलाई मार्न जिवन हुनेछैन्

म जन्मिए ,जन्मिदै मरेथे
जन्मनु नै मृत्युको सुरुवात
जीवन जीवन हैन मृत्यु
न्वारन गर्नुनै घाटमा ठाउँ सुरक्षित गर्नु रहेछ

अल्पविरामबाट सुरु भएको जिन्दगी
पुर्णबिराममा गर अड्कियो
चटान जस्ता बोझहरु समेत
अवशेष भएको छ
खोलाको चौतर्फि बेग आज स्थिर नाला भएको छ
मडारिदै तहसनहस
राक्षसि रुप धारण गर्ने हावाको झोका
आज दक्षिण फर्केको कोठा जस्तै भएको छ

जिवनकै लागि खोस्टा बचाए
खोस्टाले जिवनलाई बचाएन
खरानी मेरो कमाई रहेछ
फोहोरले आफ्नो अौगात कहिले बनाएन

हिसाब लगाउदै अब यति तिर्न बाकि रह्यो
भन्दै अौला भाच्नेहरु समेत भाटो बाच्नतिर लागिपरे
बाससगै खोज्दैहोलान् तामा जस्तो गणित

जलाउनुनै रैछ जल्नु नै रैछ
रत सजाइदिए मेरो दुर्गतिलाई
अनि लगाइदिए प्रगतिको पुल्ठो(आगो)
देखाइदिए बाटो भेटाइदिए गन्तव्य

छोरोको फिस तिर्न नसक्दा
बाउ हुनुबाट भासिए
गरिबी सगै फेदै लार तासिए
मेरो छोरो तलाई हड्डि घोटेर पढाको हु
खिएको हड्डिको चन्दन तलाई कसरी लाईदिउ
फिस सगै पिसपिस भएको छाति
न बाहिरबाट देखे न भित्रबाट देखाउन सके

बचनको बाणले
खण्ड मुटुलाई छन्दछन्द बनाईदिनेहरु समेत
सहानुभूतिको आशुले पापि मन पखालिरहे
बाटामा हिड्दा छिमेकि/साथि त दुर
ढुङ्गाले पनि मुन्टो बटार्दा
ओजनदार शरिरको थुप्रोले
आफैलाई किच्याउदा अब अया भन्नू नपर्ने भएको छ
मेरो डोब बाटामा नपरोस् अलच्छिनि लाग्छ
भन्ने कहि कतैबाट सुन्दा जुत्ताले पैताला ढागेकोहु
त्यो जुत्ता छ म छैन् ,यात्रा छ तर यात्रि छैन्

गोजिमा दुईचार जोर लक्ष्य
अनि मुठ्ठिभरि आत्मबिश्वाको पोकोलाई
अब खोलि रहनै परेन
सपनाको सिरक ओडि कल्पनाको सिरानेमा
लायक बाउको नालायक
लाचारिको पराकाष्ठ ओछ्यानमा पल्टिदा
खाटले उठ भन्न अब अह पाउदैन

बुढा बा-आमाको कोखको बारिमा
कमजोर मुटु भएको बिउले उम्रन पाउदैन्
सकेन मुटु चौडा पारि जिन्दगीको सिचाई गर्न
छोरो तै होस् हाम्रो बुढेसकालको `सहारा´ भन्थे
सारा हारेर केही नभएनि केहिनकेहि छोडेको छु
म मर्नुनै त बचाई राख्नु थियो त्यहि दिएकोछु

प्यारिले लाउने मेरो अपवित्र
नामको सिन्दुर अब पवित्र बन्नेछ
घुमाउन लग्नु भन्थि
दिन ढलेसगै बिर्सनु नै पर्थ्यो बिर्सदै जान्थि
साझपर्दै जान्थ्यो अनि बोरा टक्टक्याउदै जान्थि
भोकभन्दा ठूलो धर्म केही नहुने रैछ
खालि पेट रहरले पनि नजन्मिदै आत्महत्या गर्दो रैछ
बाचे सगै बाच्छौ अनि मरे सगै
भन्दै अनेकथरि बाचाबन्धन
पट्याक पट्याक
गरि पड्कदै रापसगै बिदा भएका छन्

प्यारि हिजो ल्याएथे भुई पोलेर
आज जादैछु आफै पोलिएर
कट्टाने खोलो हुनु नबस्नु जमेर
जहाँ बग्छौ बगिजानु बाटो बनेर

सारा रोईकराइ गरिरहेछन्
तर आखिर किन मरेपछि?
सायद केही पाउन केही गुमाउनैपर्छ
परिवारले मलाई गुमायो तर मैले कसैलाइ गुमाइन
म महान छु
मैले जिन्दगीलाई जिन्दगीले गुमाउन नपाउदै गुमाईदिए
मैले मृत्युलाई जितेकोछु तर जिवनले जहिले हारिरह्यो
म मरे पनि परिवार मेरो बाचिरहोस्
लास त हासिदे
हेरत म कति खुसि भएको छु
मेरो खुसिमा कात्रो जस्तै सेता दात झिकि
दाउरा माझबाट किच्च हासिदे !
–सुदिप चौलागाईं

कमेन्ट गर्नुहोस्