सर्वोच्च अदालतले भन्यो, ‘शिल्पालाई तत्काल पक्राउ नगर्नू’

काठमाडौं ।  बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ। शिल्पा पोखरेल र छवी ओझविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो।

याे पनि पढ्नुस  एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश

जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो। शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन्। फरार रहँदै आएकी शिल्पा सर्वोच्च अदालतमा आइतबार हाजिर भएकी थिइन्।

कमेन्ट गर्नुहोस्