सुखको उपाय खोज्न श्रीमान र श्रीमती सन्तकहाँ पुगेपछि भयो यस्तो…

काठमाडौं। एउटा पुरानो लोककथाका अनुसार कुनै गाउँको एक घरमा बस्ने श्रीमान श्रीमती निकै दुखी थिए। उनीहरुको जीवनमा दुख कष्ट कहिल्यै सकिएन। उनीहरुलाई आफ्नो जीवनमा सुखको अनुभूति हुँदैन की भन्ने लाग्न थालेको थियो। उनीहरुले देवी देवताको पूजा गरे, कयौं मन्दिरमा गएर प्रार्थना गरे, तर त्यसको सकारात्मक फल प्राप्त भइरहेको थिइन। एक दिन उनीहरु एक प्रशिद्ध सन्तकहाँ गए।

श्रीमान, श्रीमतीले सन्तसँग आफ्नो सबै कुरा सुनाए। उनीहरुको कुरा सुनेपछि सन्त तत्काल उठेर भित्र कोठामा भए। एउटा खम्बा समाएर जोड जोडसँग चिच्याउन थाले। उनको आवाज सुनेर गाउँका मानिस भेला भए। सबै सोधे–गुरुजी के भयो, किन चिच्याउनु भएको ?’ सन्तले भने–यो खम्बाले मलाइ जोडेन म के गरौं?’

सन्तको कुरा सुनेर सबै चकित परे। एक सन्त जो निकै बुद्धिमान छन् उनै सन्त मुर्खको जस्तो कुरा गरिरहेका छन्। सबैले सन्तलाई खम्बाले तपाइँलाई होइन, तपाइँले खम्बालाई समाउनु भएको छ भने।

सन्तले भने–सही कुरा हो। म यही कुरा सम्झाउन चाहन्थे। सुख–दुख हाम्रो बानी हो। हामीले सुखी रहने बानीलाई यसैगरी समातेर राखेका छौं। जहिलेसम्म यो बानीलाई हामी छोड्दैनौं तबसम्म हामी सधैं दुखी नै रहन्छौं।’

सन्तकहाँ पुगेका श्रीमान, श्रीमतले कुरा बुझिहाले। त्यति नै बेला उनीहरुले सकारात्मक ढंगले जीवन यापन गर्ने संकल्प गरे। त्यस दिनपछि उनीहरुको जीवनको सबै दुख समाप्त भयो। यो कथाबाट के शिक्षा मिल्छ भने हामीले नकारात्मक विचारको त्याग गर्नुपर्छ र सकारात्मक सोचकासाथ अगाडि बढ्नु पर्छ।

कमेन्ट गर्नुहोस्