काइँलालाई जगदम्बा–श्री र योगेशको ‘रणहार’ लाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार २०७५ योगेश राजको पुस्तक ‘रणहार’ले पाउने भएको छ । त्यस्तै, जगदम्बा श्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने निर्णय भएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले मदन पुरस्कार र जगदम्बा–श्री सम्मानको घोषणा गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले उक्त जानकारी दिए ।

उनले सामाजिक संजाल ट्विटरमार्फत उक्त कुराको जानकारी सार्वजनिक गरेका हुन्। जगदम्बा–श्री सम्मानको र मदन पुरस्कारको राशी यसवर्षदेखि ४–४ लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि उक्त रकम २–२ लाख रुपैयाँ थियो। उक्त पुरस्कार र सम्मान आगामी असोज १२ गते आइतबार घटस्थापनाका दिन प्रदान गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्