रवि लामिछाने पक्राउ प्रकरणः एसएसपी सुवेदीलाई ‘भ्रष्ट’ भन्दै गाली गर्ने पक्राउ

काठमाडौंः  सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरीलाई गाली गर्ने एकजना अछामबाट पक्राउ परेका छन्।

रविका समर्थक ती युवाले काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार काठमाडौं परिसरको अनुरोधमा मंगलसेन नगरपालिका–५ का २१ वर्षीय शंकर विकलाई पक्राउ गरी काठमाडौं पठाइएको छ ।

याे पनि पढ्नुस  विप्लव नेकपाको कुन प्रदेशमा कस्तो प्रभाव?

उनले भने, ‘काठमाडौं परिसरले हामीलाई पक्राउ गरी पठाउने भनी पठाएको पत्रका आधारमा उनलाई समातेर अनुसन्धानका लागि उतै पठाइएको हो ।’

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेलाई महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

साउन ३० गते पक्राउ परेका लामिछानेमाथि आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्