विद्युत प्राधिकरणलाई नाफामा लगेपछि कर्मचारीलाई ७ हजार प्रोत्साहन भत्ता, महँगी भत्ता पनि बढ्यो

काठमाडौंः  नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लामो समयदेखि नपाएको महँगी भत्ता अब पाउने भएका छन्।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विगतमा रोकिएको महँगी भत्ता यसै वर्ष उपलब्ध गराउने घोषणा गरेका हुन्।

विद्युत प्राधिकरणमा अहिले कार्यरत सबै कर्मचारीलाई ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि दिइने भएको छ।

याे पनि पढ्नुस  उर्जामन्त्रीकाे अर्काे पहल: कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने

स्थायी कर्मचारीलाई मात्रै प्रोत्साहन भत्ता दिने भन्ने कुरा बाहिर आएको भन्दै प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौड्यालले मन्त्री पुनलाई स्पष्ट पार्न आग्रह गरेका थिए।

मन्त्री पुनले रोकिएको दुई हजार रुपैयाँ महँगी भत्ता र सबै कर्मचारीलाई ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन लागेको जानकारी गराएका थिए।

याे पनि पढ्नुस  उर्जामन्त्रीकाे अर्काे पहल: कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने

प्राधिकरणले गत वर्ष सात अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेपछि ३४औं वार्षिकोत्सवको अवशर पारेर भत्ता दिने निर्णय गरिएको थियो।

प्राधिकरणमा साढे नौ हजार स्थायी सहित करिब १२ हजार कर्मचारी कार्यरत छन्। बिजमाण्डूबाट

कमेन्ट गर्नुहोस्