गोरखा दरबारकाे हालत देख्दा कुँडिए डा. बाबुराम भट्टराई

काठमाडौंः  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा दरबार देख्दा आफ्नो मन कुँडिएको बताएका छन् ।

माओवादी सशस्त्र हिंसामा राज्य रजौटा र दरबारहरुको अस्तित्व नै ध्वस्त गर्ने अभियानको नेतृत्व गरेका तिनै भट्टराईको मन अहिले भने दरबारको अवस्था देख्दा कुँडिएको हो ।

सरकारका उपप्रधानमन्त्री एवं आफ्नो दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेतलाई लिएर गोरखा दरबार पुगेका उनले गोरखा भूकम्पका कारण जीर्ण र भग्नावशेषमा परिणत भएको गोरखा दरबारको पुनर्निर्माणको अवस्थाप्रति टीठ व्यक्त गरेका हुन् ।

याे पनि पढ्नुस  अध्यादेश फिर्ता लगत्तै बाबुरामको ट्वीट, व्यङ्गसँगै ओलीलाई लगाए गम्भीर आरोप

गृह जिल्ला पुगेको भट्टराईले गोरखा दरबार पुनर्निर्माणको अवलोकनपछि सामाजिक सञ्जालमा, ‘सत्रौं शताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेको–हुर्केको गोरखा दरबारको पुनर्निर्माण बर्षौदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला?’ भन्दै प्रश्न गरेका छन् ।

‘स्थानीय जौवारीका श्रेष्ठ थरका ठेकेदार लामो समयदेखि गायव भएको तर सत्ताधारी पार्टी–नेताको आड पाएका ती ठूला माछालाई छोए जागीर–पदोन्नति धरापमा पर्ने डरले पुरातत्व विभागका हाकिमसमेत तैं चूप मैं चूप रहेको’ उनले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  बाबुराम भट्टराईको प्रश्नः तलब नलिने ठूला नेताको कसरी चल्छ चुनाव खर्च?

उनले सत्ताधारीहरुले गोरखाको प्रमुख पर्यटकक आकर्षण केन्द्रलाई सत्यानाश गरेको आरोप पनि लगाएका छन् ।

समाजवादी पार्टीको नेतासमेत रहेका भट्टराईले, ‘गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने’ भन्दै रोष प्रकट गरेका छन् ।

याे पनि पढ्नुस  यो हो रेडियो नेपालले वेबसाइटबाट हटाएको बाबुरामको अन्तर्वार्ता

कमेन्ट गर्नुहोस्