रवि लामिछाने तत्काल नछुट्ने, अनुसन्धानका लागि म्याद थप हुने सम्भावना

चितवनः  अधिवक्ता गोपिलाल देवकोटाले न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन् ।

आइतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरु अझ धेरै रहेकाले रवि तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका हुन् ।

उनले रविमाथि फेरि म्याद थप हुनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । रविसहित युवराज कंडेल र अस्मिता कार्की अहिले न्यायिक हिरासतमा रहेका छन् ।

उनीहरुमाथी ५ दिनको म्याद थपेर अहिले अनुसन्धान भइरहेको छ । चितवन जिल्ला अदालतबाट थप गरिएको म्याद मंगलवार सकिँदै छ ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि उनीहरु काठमाडौंबाट पक्राउ परेका हुन् ।

गत साउन २० गते पुडासैनी चितवनको भरतपुर महानगरपालिका–१ नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

कमेन्ट गर्नुहोस्