पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा सैनिकको मृत्यु

नयाँदिल्लीः  जम्मु–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको ज्यान गएको छ ।

शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको ज्यान गएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन् । जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ ।

कमेन्ट गर्नुहोस्