विप्लव नेकपाका २ जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ

दमक । प्रदेश १ का विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रतिबन्धित नेकपाका ६ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

झापाको दमकबाट ५ जना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्की छन् । उनीहरु सबै ताप्लेजुङ स्थायी ठेगाना भएका हुन् ।

याे पनि पढ्नुस  देउवाको गृहजिल्लामा विप्लवका नेता पक्राउ

झापामा भएका बम विस्फोट र चन्दा आङ्तकपछि प्रहरीले सो समूहका नेता कार्यकर्तालाई निगरानी बढाउँदै पक्राउ गर्दै आएको छ । एकसाता अघि दमकबाट दुईजनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु बम विस्फोट र चन्दा आङ्तकमा सामेल भए नभएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरेर आवश्यक कार्वाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा दाजुभाई पक्राउ

पक्राउ परेका कार्यकर्ताको साथबाट प्रहरीले चन्दा मागिएका र माग्न लागिएका व्यापारीहरुको नामवली समेत फेला पारेको थियो ।

पछिल्लो समयमा विप्लव समूहको गतिविधि बढेसँगै प्रदेश र जिल्लाको प्रहरीको विशेष टोलीले यहाँ निगरानी बढाउँदै आएको समेत सुरक्षा श्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्