Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांसद सूर्यनारायण यादवद्वारा राजीनामा फिर्ता

काठमाडौंः  समाजवादी पार्टीका प्रतिनिधिसभाका सदस्य डा. सूर्यनारायण यादवले आफ्नो पदबाट दिनुभएको राजीनामा आज फिर्ता लिएका छन् ।

स्वास्थ्यको कारण देखाउँदै सांसद यादवले साउन २७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा समक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए । तर पार्टीसँग परामर्श गर्ने भन्दै उनको राजीनामा स्वीकृत भएको थिएन ।

केही दिनदेखि पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सांसद यादवसँग छलफल गरेपछि राजीनामा  फिर्ता लिएका हुन् ।

सिंहदरवारमा आइतवार बसेको संसदीय दलको बैठकबाट भएको निर्णय अनुसार उनले राजीनामा फिर्ता लिएको सांसद प्रदीप यादवले जानकारी दिए ।

पार्टीसँग छलफलपछि उनले अध्यक्षलाई बुझाएको राजीनामा फिर्ता लिएको भन्दै सांसद सूर्यनारायण यादवले भने, ‘ राजीनामा दिएको भन्दै जनताले गाली गरे , पार्टीका नेताहरुले पनि फिर्ता लिन भने। त्यसैले आजै मैले राजीनामा फिर्ता लिने निर्णय गरे।’

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: