चितवनमा सर्वदलिय बैठक, अराजक प्रदर्शन र ताेडफाेडजन्य काम राेक्ने निर्णय

भरतपुरः  रवि लामिछानेलाई रिहाईका नाममा अराजक र हिस्रक गतिविधि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठक बाेलाएकाे छ ।

सबै राजनीतिक दल, व्यापारी तथा नागरिक समाजका प्रतिनिधि सहभागी बैठकले पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा कुनै पनि प्रकारकाे हस्तक्षेप हुन नदिन अपिल गरेकाे छ ।

बैठकले प्रहरी प्रशासनलाई सत्य तथ्य पत्ता लगाई दाेषाीमाथि कार्वाहि गर्न सहयाेग गर्न अपिल गर्दै अराजक र ताेडफाेडका गतिविधि निरुत्साहित गर्ने निर्णय समेत गरेकाे छ ।

प्रशासनकाे याे कदमले रवि समर्थकहरुकाे आन्दाेलनमा जिम्मेवार दलहरुकाे भूमिका रहने सम्भावना टरेकाे छ । पूर्व राजाका पक्षधर भने आन्दाेलनमा देखिएका छन् ।

कमेन्ट गर्नुहोस्