Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लव युवा संघका केन्द्रीय सदस्यद्वारा आत्मसमर्पण

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका रसुवा जिल्ला कमिटी सदस्य तथा युवा संगठन नेपालको केन्द्रिय सदस्य योर्साङ घलेले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर आत्मसमर्पण गरेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी समक्ष प्रतिवन्धित विप्लव समुहको साधारण सदस्य समेत नरहने गरेको अाफैले प्रकाशित गरेको प्रेश बिज्ञप्ती सहित अात्मसमर्पण गर्न उनले लिखित निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवामा उनले प्रमुख जिल्ला अधिकारी भण्डारी समक्ष लिखित सहमति गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले बोलाएको समयमा उपस्थित हुनेगरि पार्टी परित्याग गरेको र सरकारले लगाएको प्रतिबन्धलाई समर्थन गर्दै त्यस्ता खाले गतिविधि नगर्ने र प्रचलित कानुनको अधिनमा रहि अाम सर्वसाधारण जनता सरह अाफ्नो जीवनयापन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामा प्रेश बिज्ञप्ति र अात्मसमर्पण पत्र सहित उपस्थित उनलाई गाउपालिका अध्यक्ष, नागरीक समाजका संयोजक र जिल्ला स्थित क्रियाशिल पत्रकारहरूको रोहवरमा जिम्मा लगाईएको छ । यससंगै रसुवा जिल्लामा प्रतिवन्धित नेकपा विप्लव समुहबाट प्रशासनसमक्ष अात्मसमर्पण गर्नेको संख्या ५ पुगेको छ । यस अगाडि मिति २०७६ जेठ २७ गते नै रसुवा जिल्ला जनसरकार प्रमुख, किसान जिल्ला संयोजक, बिधार्थी जिल्ला संयोजक लगायतले अात्मसमर्पण गरीसकेका छन् । युवाका केन्द्रीय सदस्य योर्साङ घले बिगत देखि जनयुद्वमा लागि पार्टी फुटसंगै मोहन बैध समूह र हाल बिप्लव समुहमा संगठित थिए । बिप्लव समुहमा सकृयताको हिसावले घले रसुवा जिल्लामा प्रभावशाली र कृयाशिल संगठित सदस्य नै मानिन्छन् । यससंगै रसुवा जिल्लामा प्रतिवन्धित बिप्लव समुहमा कृयाशिल र अावद्व संख्या नगन्यमा झरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: