चट्याङ लागेर रुकुम पश्चिममा ९ जना गम्भीर घाइते

रुकुमः  चट्याङमा परी रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ९ जना गम्भीर घाइते भएका छन्।

गाउँपालिका–८ विप्पे लेखमा चट्याङ पर्दा घाइते भएकामध्ये ५ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ।

आइतबार दिउँसो करिब ३ बजेतिर परेको चट्याङले वडा नम्बर ८ कि कौशिला ओली, सुशीला बुढाथोकी, रत्नकला बुढाथोकी, कमारी बुढाथोकी, गोवर्धन ओली, गंगी ओली रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए।

उनका अनुसार गाउँपालिका वडा नम्बर १० चिन्तुकी पानसरी डाँगी र झुपलाल बुढाथोकी पनि घाइते भएका छन्।

रोलखोला लघुजलविद्युतको लाइनमा चट्याङ परेपछि घरमा बसिरहेकाहरू करेन्ट प्रवाह भएर घाइते भएको प्रहरीको भनाई छ।

गम्भीर घाइते सबै बेहोस रहेकाले उपचारका लागि चौरजहारी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकमु पश्चिमका निमित्त प्रमुख कविराज रोकायले बताए।

कमेन्ट गर्नुहोस्