विशेष कमिटीकाे नेतृत्व टुंगियाे, लिलामणिदेखि विद्यार्थी नेता लेखनाथ र मल्लले पाए जिम्मेवारी

काठमाडौंः  सत्तारुढ नेकपाको उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मा लीलामणि पोखरेलले पाएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले उपत्यका विशेष कमिटी इन्चार्जमा पोखरेल, सहइन्चार्जहरुमा भानुभक्त ढकाल र अरुण नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपत्यका विशेष कमिटी अध्यक्षमा राजन भट्टराई र सचिवको जिम्मेवारी लेखनाथ न्यौपानेलाई दिन निर्णय गरिएको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख रहेका श्रेष्ठले युवा विद्यार्थी, मजदुर, पेसागत विशेष जिल्ला कमिटीकासमेत इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको कार्यविभाजनको निर्णय बैठकले गरेको जानकारी दिए ।

उपत्यका विशेष कमिटीको

इञ्चार्ज- लीलामणि पोखरेल

सहइन्चार्ज -भानुभक्त ढकाल

सहइन्चार्ज- अरुण नेपाल

अध्यक्ष -राजन भट्टराई

सचिव-लेखनाथ न्यौपाने

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा

इन्चार्ज – माधव ढुंगेल

सहइन्चार्ज – कृष्ण केसी

अध्यक्ष – रमेश मल्ल

सचिव – सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटीमा

इन्चार्ज – मिना श्रेष्ठ

सहइन्चार्ज – कुमार पौडेल

अध्यक्ष – जगत सिंखडा

सचिव – नरनाथ लुइँटेल

पेसागत विशेष जिल्ला कमिटी

इन्चार्ज – कृष्णप्रसाद नेपाल

सहइन्चार्जमा-प्रमल खनाल

अध्यक्ष – प्रेम बराइली

सचिव – कृष्णराज केसी

कमेन्ट गर्नुहोस्