ऊर्जामन्त्री भन्छन्, ‘भारत र बंगलादेशलाई बार्गेनिङ गरेर बिजुली बेच्ने दिन टाढा छैन’

काठमाडौंः  ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले नेपालभित्रै बिजुली खपत बढाउन सरकार लागिपरेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३४ औं वार्षिकोत्वसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको विशेष कार्यक्रममा मन्त्री पुनले अबको १÷२ बर्षपछि विजुली उत्पादन भन्दा खपत कम हुन सक्ने सम्भावना भएकाले अहिलेदेखि नै खपतको योजना बनाइरहेको पनि जानकारी दिए ।

देशमा खपत गर्ने पहिलो प्राथमिकता रहेको र यहाँ धेरै भएको विजुली निर्यात गर्नुको अर्को विकल्प नहुने उनले बताए ।

याे पनि पढ्नुस  बाढी, पहिरोबाट दोदी करिडोरमा भएको क्षति अध्ययन गर्न समिति गठन गरे उर्जामन्त्रीले

‘हामीले देशमा खपत गर्न नसकेको विजुली बेच्ने नै हो, सकभर हामीले देशमै खपत बढाउने हो, यहाँ खपत हुन सकेन भने मुल्यको बार्गेनिङ गरेर भारत या बंगलादेशमा बेच्न सक्छौं, यस्तो दिन धेरै टाढा छैन ।’ मन्त्री पुनले भने ।

यस्तै मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको घोषणा पनि गरेका छन् । उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा पनि गरेका छन् ।

याे पनि पढ्नुस  युद्धकालमा प्रचण्ड बसेको घरमा पुगे मन्त्री पुन (तस्विरसहित)

मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरबको वर्ष भएको बताए ।

‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भने । ‘अधिकांश संस्थाहरु घाटामा चलिरहंदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौँ ।’

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५÷७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

याे पनि पढ्नुस  सेवा प्रभावकारी बनाउन कुलमानलाई ऊर्जामन्त्री पुनको निर्देशन

संचित नोक्सानी झण्डै १५ अर्बमा झरेको छ । गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ ।

आब ०७४÷७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो ।

कमेन्ट गर्नुहोस्