रुखले किच्दा भारतमा २ नेपालीको ज्यान गयो

नयाँ दिल्लीः  भारतको हिमाञ्चल राज्यको शिमला जिल्लाको नारकन्दमा रुखले किचेर दुई नेपालीको ज्यान गएको छ । साथै ५ नेपाली घाइते भएका छन्। मृतकहरू बाँके जिल्लाका रहेका बुझिएको छ । उनीहरू शिमलामा मजदुरी गर्दै आएका थिए।

नेपाल भारतीय एकता मञ्चका सचिव आरबी खडका अनुसार २ दिनदेखि भएको भारी वर्षाका कारण रुख ढलेर घाइते भएका ७ नेपालीमध्ये दुईको मृत्यु भएको हो । उनका अनुसार मृतक दुईजनाको पोस्टमार्टम गरी शव नेपाल लैजाने प्रकृया थालिएको छ।

मृत्यु हुनेमा बाँकेको विनुवा चिलहरिया गाउँका सन बहादुर पून मगर र अर्जुन बुढा मगर छन्।

खड्काले घटनाबारे दूतावासलाई जानकारी दिइएको र आवश्यक प्रकृया पुर्‍याएर शव नेपाल पठाइने उनले बताए।

पाँच घाइतेहरूमा बलबहादुर पुन मगर, रमन पुन मगर, सन पुन मगर,रणवीर घर्ती मगर र कृष्णा थारु रहेका छन्। घाइतेहरू इन्दिारा गान्धी मेडिकल कलेज, शिमलामा उपचार गराएर घर फर्किसकेका छन्।

घाइतेहरू सबै राप्ती सोनारी गाउँपालिकाका बासिन्दा हुन्। त जना घाइते भएका थिए। एक जनालाई कुनै चोटपटक लागेको छैन।

कमेन्ट गर्नुहोस्