निजी लगानीमा ५६० मेगावाट

काठमाडौं । करिब दुई दशकको अवधिमा निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन भएको छ। राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका ८३ वटा आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख छ। निजी लगानीमा २०५७ असारदेखि हिमाल पावरले उत्पादन गरेको खिम्तिखोला जलविद्युत् आयोजनादेखि गत वैशाखबाट राष्ट्रिय प्रसारणमा जोडिएको साल्मानीदेवी हाइड्रोपावरको कपादी गाडसम्मको बिजुली उत्पादन सुरु भएको छ।

निजी क्षेत्रका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। आर्थिक स्रोतको जोहो भइसकेका यस्ता आयोजना निजी ऊर्जा उत्पादबाट निर्माण भइरहेका र धमाधम अगाडि बढिरहेका छन्। निजी क्षेत्रले निर्माण घोषणा गरेका र विभिन्न चरणमा रहेका एक सय ३७ वटा आयोजनाबाट २८ सय ६९ मेगावाट बिजुली उत्पादन हुने तथ्यांक छ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्