नेयमारबिनाको पीएसजीको अप्रत्यासित हार

काठमाडौं । फ्रेन्च लिग वानमा स्टार फरवार्ड नेयमार नभएको खेलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) आइतबार राति रेन्नाससँग २–१ ले पराजित भएको छ।

रेन्नसाका कप्तान डिमेन डी सिल्भाले ब्याक पासमा क्रममा गल्ती गर्दा पाएको बलमा गोल गर्दै एडिसन काभानीले पीएसजीलाई अग्रता दिलाएका थिए। लगत्तै केलियन एम्बाप्पेले अग्रता दोब्बर पार्ने मौका खेर फाले। उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो।

याे पनि पढ्नुस  सिटीलाई हराउँदै एभर्टन लिन्कन इएफएल कपको अर्को चरणमा

रोमन डेल कास्टिलोले इडवार्डोको पासमा हेडिङ गर्दै खेल बराबरीमा ल्याएका थिए। एम्बाय नियोङले गोलसँगै पीएसजी २–१ ले स्तब्ध बन्यो। रेन्नासलाई गोल गर्ने तेस्रो मौका पनि थियो तर जर्मे गिलिनको हेडर पोस्टमा लाग्दै फर्कियो। अन्तिम तिर एम्बाप्पे र काभानी पनि चुकेका थिए।

याे पनि पढ्नुस  नेयमारले पीएसजी नछाड्ने

गत सिजनमा पीएसजीले लिगा वानमा जम्मा ५ खेलमात्रै गुमाएको थियो। उनीले १६ अंकले उपाधि उचालेका थिए। रेन्नास भने गत सिजनमा १०औं स्थानमा थियो। यसपटक फेरि पीएसजी ब्राजेलियन फरवार्ड नेमारबिनै मैदानमा उत्रेको थियो। विश्वका सबैभन्दा महँगा खेलाडी नेमारमाथि बार्सिलोना र रियल मड्रिडले लिने आँखा लगाएका छन्।

याे पनि पढ्नुस  फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी

कमेन्ट गर्नुहोस्