भरतपुरको चौविस कोठीदेखि मालपोतसम्म प्रदर्शन गर्न निषेध

चितवन । भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आजदेखी यो क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गर्न नपाइने जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाएको बताइएको छ ।प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गरिने पनि जानकारी दिएको छ । 

कमेन्ट गर्नुहोस्