Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पारसलाई गिरफ्तार गर्न विद्यार्थी नेता बस्नेतको माग

काठमाडौंः  विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पुर्व युवराज पारस शाहलाई गिरफ्तार गरि कार्वाही गर्न माग गरेका छन् ।

देशमा गणतन्त्र आईसक्दा पनि सामन्ति धङधङीबाट मुक्त नभएका पारसलाई कानून बमोजिम कार्वाही गर्नुपर्ने उनले बताए ।

पारसको ठाउँमा अरु सामान्य नेपालीले प्रहरीमाथि हात हालेको भए के हुन्थ्यो ? एभरेष्टदैनिकसँग कुरा गर्दै नेता बस्नेतले भने, उनी सामान्य नागरिक हुन, विमानस्थल जस्तो अति संवेदनशील ठाउँमा प्रहरिमाथि दुर्व्यवहार हुँदा समेत त्यसै छोडिन्छ । उनले भने ।

प्रहरीले गाउँका सोझासाझालाई नमस्कार नगरेको भन्दै दु:ख दिने घटना समेत हुने गरेको बताउँदै बस्नेतले दुर्व्यवहार गरेकै बेला उनलाई नियन्त्रणमा लिनुपर्ने जिकिर गरे । पारसभित्र आफ्नो सत्ता गुमाएको झोक र सामन्ति उन्माद बाँकी नै रहेको उनले बताए

आईतबारका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्व युवराज पारसले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए ।  उनको व्यवहारमाथि कानुनसम्मत कार्वाही गर्न अहिले चौतर्फी माग उठेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: