बस र ट्रक एक आपसमा ठोक्किंदा १५ यात्रुको मृत्यु

नयाँदिल्ली । भारत महाराष्ट्रको धुलामा आइतबार राति भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोक्किंदा ठुलो क्षति भएको हो ।

भारतीय पत्रिका भाष्करले जनाएअनुसार, बसमा ५० जना यात्रु रहेका थिए । घाइते ३५ जनालाई अस्पताल लगिएको छ । दुर्घटना हुँदा ११ जना घटनास्थलमै मृत्यु भएका थिए । मृतकमा ३ महिला छन् ।

कमेन्ट गर्नुहोस्