आज यस्तो छ सुनको भाऊ

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

आइतबार सुन प्रतितोला मूल्य ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तेजावी सुन प्रतितोला मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

आइतबार चाँदीको मूल्य ८ सय ३० रुपैयाँ कारोबार भएको थियो भने आजपनि चाँदीको मूल्य ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्