तीन पटक बिहारको मुख्यमन्त्री बनेका मिश्राको निधन

काठमाडौंः  तीनपटक भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको सोमबार निधन भएको छ । ८२ मिश्रा केही दिनदेखि दिल्लीको एक अस्पतालमा उपचाररत थिए ।

१९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए । उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।

जगन्नाथ मिश्राले एक प्राध्यापकको रुपमा आफुनो करियर सुरु गरेका थिए र पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रको प्रोफेसर पनि बनेका थिए ।

कमेन्ट गर्नुहोस्