Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रक्सीको बोतलमा ५० वर्ष पुरानो चिठ्ठी भेटियो

अमेरिकाको अलास्काका एक व्यक्तिले ५० वर्ष पुरानो पत्र फेला पारेका छन् । उनले दाउरा खोज्दै गर्दा एक रुसी व्यक्तिले लेखेको पत्र रक्सीको बोतलमा राखिएको अवस्थामा फेला पारेका हुन् ।

द नोम नगेट पत्रिकाका अनुसार अलास्काका टाइलर आइभनोफले रक्सीको बोतलमा बन्द गरेर राखिएको अवस्थामा रुसी भाषामा लेखिएको पत्र फेला पारेका हुन् ।

सो पत्र सन् १९६९ मा लेखिएको खुलेको छ । बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको उनले बताए ।

आफ्नो घरबाट ३२ किलोमिटर पर दाउरा खोज्नका लागि गएको र सोही क्रममा पत्रसहितको बोतल भेट्टाएको टाइलरले बताएका छन् ।

उनले द नोम नगेट पत्रिकासँग भनेका छन्, ‘बोतलको बिर्को खोल्न निकै गाह्रो भयो, मैले दाँतको प्रयोग गरेर खोलेको हुँ । बोतलको भित्री माग ओभानो थियो । रक्सीको गन्ध आएको थियो । पत्र पनि आभानो थियो ।’

टाइलरले रुसी भाषामा लेखिएको पत्र भेट्टाएपछि त्यसको अंग्रेजी अनुवादका लागि अपिल गर्दै समाजिक सञ्जालमा पोस्ट गरेका थिए । अनुवादपछि थाहा भयो कि सो पत्र सन् १९६९ को जुन २० मा रुसी पानी जहाजमा रहेका रुसी समुद्री सैनिकले लेखेका थिए ।

रुसी सञ्चारमाध्यमले पत्र सम्बन्धी स्टोरी कभर गरे । रुसी सञ्चारमाध्यमले पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको खोजी गरे ।

अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा उनले आँसु रोक्न सकेनन् । उनले रुसी टेलिभिजन रोसिया वानसँग उनले भनेका छन्, ‘यो मेरो लेखाइ हो ।’ एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: