‘नाडा अटो’ शो आफ्ना प्रोडक्टबारे जानकारी दिने ठाउँ होः नाडा अध्यक्ष दाहाल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यसवर्षको ‘नाडा अटो’ शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदैछ ।

यो वर्षको ‘नाडा अटो’ शोमा ६ दिनसम्म सञ्चालन हुने अटो शोमा ७५ हजारभन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्बमाथिको व्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन् । नाडाका अध्यक्ष शम्भु दाहाल गतवर्षको तुलनामा यो वर्ष अझ धेरै व्यवस्थित र अझ धेरै व्यवसायीहरुको सहभागीता भएको बताउँछन् । दाहालले भने, ‘गतवर्ष ९१ वटा ब्राण्डको प्रदशस्नी रहेको मा यो वर्ष ९५ वटा प्रदशनी हुने भएको छ । गतवर्ष १३४ वटा स्टल रहेकोमा यो वर्ष १ सय ६० वटा रहेको छ । हामीले यो वर्षको प्रर्दशनीमा विश्वस्तरीय ब्राण्डहरुलाई मात्रै राख्ने छौं । यो अटो शो भनेको ब्राडिङ गर्ने थलो हो ।’

यसले बिल्कुल रुपमा कारोबारको उद्देश्य नराखेको उनी बताउँछन् । बरु यसलाई आफ्ना प्रोडक्टको बारेमा जानकारी दिने ठाउँका रुपमा लिन उपयुक्त हुने दाहालको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा यो शोको भ्यालु भनेको नै यसमा आएर उपभोक्ताले जानाकारी लिने छ। त्यसकारणले यो अटो शोले आफ्नो कम्नीक सामानहरुको बारेमा उपभोक्तालाई जानाकारी गराउने र आफूतिर आकर्षित गर्ने थलो हो ।’ नेपालखबरबाट

कमेन्ट गर्नुहोस्